४ जेठ, २०८१ शुक्रबार

07:22:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुगुका आगलागी पीडितलाई ८ लाख भन्दा बढि सहयोग हस्तान्तरण

Nepal Business

२५ पुस, २०७८

मुगुका आगलागी पीडितलाई ८ लाख भन्दा बढि सहयोग हस्तान्तरण

मुगु, 
मुगुका आगलागीपीडित परिवारलाई आठ लाख भन्दा बढीको सहयोग हस्तान्तरण गरिएको छ । गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीमा २१ घर जलेका थिए । बजार क्षेत्र भएका कारण त्यस क्षेत्रमा बसोवास गर्ने र व्यवसाय गर्ने व्यवसायिहरुको सामान गरी ३५ करोड बढीको क्षति भएको थियो । आगलागीपीडित परिवारमध्ये आठ परिवार प्रदेश सरकारले उपलब्ध गराएको पालमा र अन्य व्यक्ति बजारमा भाडामा  बस्दै आएका छन् ।
सहयोग हस्तान्तरण गर्न पीडितपरिवार बसेको पालमै पुगेका ददिराम कुमाई, मनमान बुढा र रजनी भामले सङ्कलित सामग्री हस्तान्तरण गर्नुभएको थियो । यसैगरी थप ८३ परिवारलाई प्रतिपरिवार ३० केजी चामल, कम्बल र म्याट वितरण गरिएको थियो ।
छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले पीडित परिवारलाई जिन्सी र  खाद्यान्नभन्दा अब घर निर्माणमा सहयोग पुग्ने निर्माण सामग्री र नगद सहयोगमा दाता तथा सरकारले प्रदान गर्न आग्रह गर्नुभयो ।

रासस