२९ बैशाख, २०८१ शनिबार

11:42:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ असार, २०७९

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज (असार १४ गते मंगलबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली असार १५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार आज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १७ औँ वार्षिक साधारण सभा असार २९ गते, अमृतभोग क्याटरिङ कालिकास्थान, डिल्लीबजार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै सभाले कुनै उपयुक्त बीमा कम्पनीलाई प्राप्ति गर्ने वा गाभ्ने।गाभिने प्रयोजनका लागि कम्पनी छनोट, समझदारीपत्रमा हस्ताक्षर, सम्पत्ति र दायित्व मूल्यांकनलगायतका सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।