७ मंसिर, २०८१ शुक्रबार

10:49:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्ने होइन त ? असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै अपर हेवाखोला हाइड्रोपावर

१४ असार, २०७९

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

भर्ने होइन त ? असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै अपर हेवाखोला हाइड्रोपावर

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । हाइड्रोपावर कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्न लागेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ९५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि छिटोमा असार २८ गतेसम्म ढीलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।


इक्रा नेपालले कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।