७ मंसिर, २०८१ शुक्रबार

11:11:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा शाखा खोल्न ब्रोकरलाई अनुमति, कसकसले पाए ?

Nepal Business

१३ असार, २०७९

धितोपत्र बोर्डले १० वटा सेयर ब्रोकरलाई देशका विभिन्न ठाउँमा शाखा संचालनको लागि पूर्वाधार तयार गर्नलाई स्वीकृति दिएको छ।

नेपालमा शाखा खोल्न ब्रोकरलाई अनुमति, कसकसले पाए ?

काठमाडौँ, 
नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) लाई मोफसलमा शाखा खोल्न अनुमति दिएको छ । 

बोर्डले चारवटा सेयर ब्रोकरलाई काठमाडौँ बाहिरका विभिन्न सात स्थानमा शाखाका लागि स्वीकृत दिएको छ । 

बोर्डले चारवटा सेयर ब्रोकरलाई काठमाडौँ बाहिरका विभिन्न सात स्थानमा शाखाका लागि स्वीकृत दिएको छ ।

स्वीकृति पाउनेमा भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, नेपाल स्टक हाउस छन्। 
  
त्यस्तै धितोपत्र बोर्डले १० वटा सेयर ब्रोकरलाई देशका विभिन्न ठाउँमा शाखा संचालनको लागि पूर्वाधार तयार गर्नलाई स्वीकृति दिएको छ। १० वटा सेयर ब्रोकरले देशका विभिन्न १५ वटा स्थानमा शाखा संचालनको लागि पूर्वाधार तयार गर्न स्वीकृति पाएका छन् । 

स्वीकृत पाउने ब्रोकर 

अनलाइन सेक्युरिटिज प्राली : मन्थली, बर्दिबास,  उर्लाबारी 

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज  : तानसेन, भैरहवा 

दिपशिखा धितोपत्र कारोवार कम्पनी लम्की :  लाहान, चरिकोट 

मल्ल एण्ड मल्ल स्टक ब्रोकिंग कम्पनी  : फिदिम, इलाम

सेक्युर्ड सेक्युरिटिज  : दमक 

त्रिशुल सेक्युरिटिज  : कावासोती 

अक्सफोर्ड सेक्युरिटिज : भुमही 

दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस : कुस्मा 

जेएफ सेक्युरिटिज कम्पनी : तुल्सीपुर 

डाइनामिक मनि म्यानेजर्स : चितवन