१७ बैशाख, २०८१ सोमबार

12:37:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन्त्री बडूद्वारा चोभार सुक्खा बन्दरगाह र आविष्कार केन्द्रको अवलोकन

Nepal Business

१३ असार, २०७९

उहाँले आगामी आर्थिक वर्षमा आविष्कार केन्द्रसँग मन्त्रालयले सहयोग र सहकार्य गर्ने योजनासमेत बनाइरहेको जानकारी दिनुभयो । उहाँले पुनसहित त्यहाँ आविष्काररत उद्यमीहरुसँग अन्तरक्रियासमेत गर्नुभयो ।

मन्त्री बडूद्वारा चोभार सुक्खा बन्दरगाह र आविष्कार केन्द्रको अवलोकन

काठमाडौँ,
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुक्खा बन्दरगाहको सोमबार अवलोकन भ्रमण गर्नुभएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा मन्त्री बडूलाई जानकारी गराउनुभएको थियो । 

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा मन्त्री बडूलाई जानकारी गराउनुभएको थियो । 

मन्त्री बडूले काठमाडौँ केन्द्रित व्यवसायीका लागि सुक्खा बन्दरगाहमार्फत, एकीकृत जाँच चौकी, गोदाम व्यवस्थापन, सुरक्षा व्यवस्थालगायतका सुविधाबाट व्यापारी, व्यवसायीहरुको समय र लागत कम हुन गई आयात निर्यातमा महत्वपूर्ण भूमिका खेल्ने चोभार सुक्खा बन्दरगाहलाई सरकारले स्थापना गरेको लक्ष्यअनुसार सञ्चालन गर्न सञ्चालक समितिलाई गम्भीरतापूर्वक लाग्न निर्देशन दिनुभयो । 

उहाँले गत चैत २२ गतेदेखि सञ्चालनमा आएको बन्दरगाहमा वीरगञ्ज नाकाबाट उपत्यकालगायत जिल्लाहरुमा आउने सम्पूर्ण ट्रक एवं कन्टेनरहरु नाकामा नै ‘डिजिटल लक’ भई सोझै आउनुपर्नेमा त्यसरी आउने नगरेको र हालसम्म १२ वटा कन्टेनर मात्रै आएको अवस्थातर्फ विशेष चासो राख्दै यस सन्दर्भमा अध्ययन, छलफल र सम्बद्ध पक्षहरुसँग समन्वय गरी सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्नेतर्फ क्रियाशील हुनसमेत निर्देशन दिनुभयो । 

उहाँले २२० रोपनीमा फैलिएको बन्दरगाहको प्रयोग हुनसके सरकार र व्यवसायी दुवै पक्षले लाभ लिनसक्ने भएकाले यसको अधिकतम लाभ लिने गरी निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

आविष्कार केन्द्रमा पहिलो पटक बहालवाला मन्त्री

मन्त्री बडूले युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र रहेको स्थल त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुर पुगेर त्यहाँ भइरहेका गतिविधिहरुको समेत अवलोकन गर्नुभयो । 

त्यस अवसरमा मन्त्री बडूले पुनले स्थापना गरेको आविष्कार केन्द्रले नेपालमै नवप्रवर्तक युवाहरुलाई समाजको आवश्यकतानुरूप विविध उत्पादन र सेवा क्षेत्रमा आविष्कारको माध्यमबाट उल्लेख्य कार्य गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको र यसलाई उद्यमशीलतासँग जोड्दै थप बजार विस्तार गर्न सरकारले पनि आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कोरोना महामारीको समयमा पिपिई, भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएर आविष्कार केन्द्रले नेपाली जनता र सरकारलाई ठूलो सहयोग गरेको र कृषि औजार, औद्योगिक मेसिन, सूचना प्रविधिको क्षेत्रमा गरिरहेको प्रयासले नेपालमा रोजगारी वृद्धि र विकासमा थप टेवा पुग्ने विश्वास मन्त्री बडूले व्यक्त गर्नुभयो । 

उहाँले आगामी आर्थिक वर्षमा आविष्कार केन्द्रसँग मन्त्रालयले सहयोग र सहकार्य गर्ने योजनासमेत बनाइरहेको जानकारी दिनुभयो । उहाँले पुनसहित त्यहाँ आविष्काररत उद्यमीहरुसँग अन्तरक्रियासमेत गर्नुभयो ।  

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पहिलो पटक बहालवाला मन्त्री आफँै आविष्कार केन्द्रमा आएर हौसला प्रदान गरेकामा धन्यवाद दिँदै सरकारले विकास बजेटको कूल अंशमध्ये एक प्रतिशत रकम आविष्कारको क्षेत्रमा छुट्याएर काम गर्ने वातावरण बनाउनुपर्ने र त्यसका लागि ठोस पहल गर्नसमेत मन्त्रीज्यूलाई आग्रह गर्नुभयो ।

अवलोकन भ्रमणमा मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयलगायतको सहभागिता रहेको थियो ।