१५ बैशाख, २०८१ शनिबार

06:03:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घुस मागेको अडियो सार्वजनिक भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक निलम्बित

Nepal Business

२७ माघ, २०७९

ठाकुर २०७६ फागुन ६ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा नियुक्त भएका थिए ।

घुस मागेको अडियो सार्वजनिक भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक निलम्बित

विदेशी वायुसेवा कम्पनीसँग घुस मागेको आरोपमा काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस मागेको कुराकानीको अडियो प्राप्त भएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरेको हो । 

थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस मागेको कुराकानीको अडियो प्राप्त भएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरेको हो । 

मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार घुस मागेको अडियो प्राप्त भएपछि यसबारे जाँचबुझ गर्न मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो । 

मन्त्रालयले यस विषयमा थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पत्राचार गर्ने जनाएको छ ।

ठाकुर २०७६ फागुन ६ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा नियुक्त भएका थिए ।