१५ चैत, २०८० बिहिबार

03:08:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्दै, कुन ठाउँ जान कति लाग्छ भाडा ?

३१ भदौ, २०७९

शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्दै, कुन ठाउँ जान कति लाग्छ भाडा ?

काठमाडौं । नतिकिदै गरेको दशैंका लागि भोलि (असोज १ गते शनिबार) देखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार भोलि विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी भएको छ ।

गो बर्षको दशैंका लागि यात्रुहरुले २०७९ असार २७ गते तोकिएको भाडादर अनुसार टिकट काट्न पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।

यो बर्षको दशैंका लागि यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति भएको छ । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने/गराउने सहमति भएको छ ।

अनधिकृत काउन्टर र परिचय पत्र नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः निरुत्साहित गर्ने।गराउने योजना रहेको छ । आवश्यक सवारी साधनहरुको व्यवस्था यातायात व्यवसायीले गर्ने र यातायात आवागमनमा सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु असोज १५ गतेदेखि असोज २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको छ । यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय भएको छ ।