१२ बैशाख, २०८१ बुधबार

01:35:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिक्षक तथा कर्मचारीको पेन्सनमा वार्षिक ३ अर्ब खर्च गर्दै त्रिभुवन विश्वविद्यालय

Nepal Business

१३ असार, २०७९

त्रिविले पेन्सन पाकेका शिक्षकहरुलाई तलब खुवाउनको लागि धेरै संघर्ष गर्नुपर्ने अवस्था छ ।

शिक्षक तथा कर्मचारीको पेन्सनमा वार्षिक ३ अर्ब खर्च गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक तथा कर्मचारीको पेन्सनको लागि हरेक वर्ष करिब ३ अर्ब खर्चिने गरेको योजना तथा निर्देशनालयको कार्यालयले जनाएको छ ।

निर्देशनालय प्रमुख ध्रुवकुमार गौत्तमले त्रिविको शिक्षक तथा कर्मचारीको पेन्सनको व्यवस्था सरकारले नबेहोर्दा त्रिविलाई आर्थिक बोझ भइरहेको बताउनुभयो ।

उहाँले अन्य सबै विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको पेन्सन नेपाल सरकारले व्यहोर्छ । तर त्रिभुवन विश्वविद्यालयको शिक्षक तथा कर्मचारीहरुको पेन्सन नेपाल सरकारले व्यहोर्दैन ।

त्यसैले त्रिविले पेन्सन पाकेका शिक्षकहरुलाई तलब खुवाउनको लागि धेरै संघर्ष गर्नुपर्ने अवस्था छ ।

विश्वविद्यालयले संघर्ष गरेर बचाएको पैसा संरचना निर्माण, विकास निर्माण, अनुसन्धानका कामहरु गर्न भन्दा लाग्नु भन्दा शिक्षक कर्मचारीलाई पेन्सन खुवाउनको लागि वचत गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

त्रिविको शिक्षक कर्मचारीको पेन्सन नेपाल सरकारले बेहोर्ने हो भने पेन्सन दिने करिब ३ अर्ब रकमले विश्वविद्यालयको संरचना निर्माण, सफट्वेयर निर्माण, ल्याब निर्माण, अनुसन्धान लगायतका कामहरु गर्न मद्दत पुग्ने गौतमले बताउनुभयो ।