१५ चैत, २०८० बिहिबार

11:01:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नक्कली प्रमाणपत्र देखाएर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

Nepal Business

२३ बैशाख, २०७९

शुक्रबार बिशेष अदालत काठमाडौंमा शिक्षक गक्षदारविरुद्ध शैक्षिक योग्यताको झुठ्ठा प्रमाणपत्र सम्बन्धी आरोप–पत्र दायर गरेको

नक्कली प्रमाणपत्र देखाएर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र देखाएर जागिर खाएका पाँचथरको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक (करार) बिरजु कुमार गक्षदारविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले शुक्रबार बिशेष अदालत काठमाडौंमा शिक्षक गक्षदारविरुद्ध शैक्षिक योग्यताको झुठ्ठा प्रमाणपत्र सम्बन्धी आरोप–पत्र दायर गरेको हो ।

आयोगमा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भनेर उनी विरुद्ध उजुरी परेको थियो । 

आयोगका अनुसार सोबारे अध्ययन गर्दा गक्षदारले प्रावि तृतीय श्रेणी अस्थाई करार शिक्षक पदमा दरखास्तको लागि धुवाखोला आधारभूत विद्यालयमा  Proficiency Certificate Level (PCL) को शौक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको पुष्टि भएको छ । 

उनले आफूलाई लाभ हुने बदनियत राखी भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।