७ मंसिर, २०८१ शुक्रबार
10:58:38 PM
१३ असार, २०७९
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा पहिरो गएको छ । हिजो (आइतबार) सेयर बजार बढेर लगानीकर्ताहरुलाई उत्साहित बनाएको बजार सोमबार घटेर लगानीकर्ताहरुलाई निराश बनाएको छ । लगानीकर्तामा अब सेयर बजारमा सुधार हुने आशा पलाएको भए पनि त्यो आशा २४ घण्टा पनि पुरा हुन नपाउँदै सेयर बजार पुः न ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को विन्दुमा पुगेको छ । नेप्से १.२२ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ७.०२ अंकले घटेर ३७५.८५ को विन्दुमा पुगेको छ ।
२२९ वटा कम्पनीको ५६ लाख ४१ हजार ५ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९ सय ४८ रूपैयाँ बराबरको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लाईफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट बाहेक सबै उपसमूहको सेयर घटेको छ । सोमबार नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । कोषको १५ करोड ६५ लाख ८८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज सबैभन्दा बढि सिवाईसी लघुवित्त कम्पनीको सेयर मूल्य बढेको छ । उक्त कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । यस दिन सबैभन्दा बढि उन्नती सहकार्य लघुवित्त वित्तिय संस्थाको सेयरमूल्य घटेको छ ।