७ मंसिर, २०८१ शुक्रबार

10:37:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

१३ असार, २०७९

सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा पहिरो गएको छ । हिजो (आइतबार) सेयर बजार बढेर लगानीकर्ताहरुलाई उत्साहित बनाएको बजार सोमबार घटेर लगानीकर्ताहरुलाई निराश बनाएको छ । लगानीकर्तामा अब सेयर बजारमा सुधार हुने आशा पलाएको भए पनि त्यो आशा २४ घण्टापनि पुरा हुन नपाउँदै सेयर बजार पुः न ओरालो लागेको हो ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८५ अकंले घटेर १९३३.१३ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेप्से ९४.९२ अकंले बढेर १९५६.९८ बिन्दुमा बन्द भएको थियो ।

सोमबार २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४७ रुपैयाँको कारोबार भएको हो । सोमबार नेप्सेमा गिरावट आउदाँ कारोबार समेत खुम्चियको छ । सोमबार सर्वाधिक नागरिक लगानी कोषको शेयर खरिदबिक्री भएको छ । कम्पनीको यसदिन १५ करोडमाथिको शेयर खरिदबिक्री भएको हो ।

त्यस्तै, सोमबार हिमालयन डिस्टिलरीको ९ करोड १ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ७ करोड ९९ लाख, नबिल बैंकको ७ करोड १३ लाख र एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ७८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।