७ बैशाख, २०८२ आइतबार
06:27:48 AM
१३ असार, २०७९
सम्बन्धित सरोकारवालाहरुले असार २० गतेसम्ममा इमेल [email protected] मार्फत सुझाव पेश गर्न सक्नेछन् ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रमका लागि राय तथा सुझाव माग गरेको छ। बोर्डले आइतबार एक सूचना प्रकाशन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि धितोपत्र बजार तथा वस्तु विनियमावली बजारसम्बन्धी राय तथा सल्लाह–सुझाव माग गरेको हो।
सम्बन्धित सरोकारवालाहरुले असार २० गतेसम्ममा इमेल [email protected] मार्फत सुझाव पेश गर्न सक्नेछन् ।
हाल बोर्डले नीति तथा कार्यक्रमको मस्यौदा तयार गरिरहेको छ। त्यसैले सरोकारवाला निकायले धितोपत्र बजार विकास र विस्तारका लागि आफ्ना रचनात्मक राय तथा सल्लाह–सुझाव पेस गर्न बोर्डले आह्वान गरेको छ। बोर्डको नियमन तथा सुपरीवेक्षण क्षमता अभिवृद्धि गर्दै बजारलाई स्वच्छ, दिगो, पारदर्शी र आधुनिक बनाउँदै लैजानुपर्ने अवस्था रहेको बोर्डले जनाएको छ ।