२९ बैशाख, २०८१ शनिबार

12:24:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सूर्या लाइफ र ज्योति लाइफबीच मर्जर सम्झौता, कम्पनीको स्वाप रेसियो पछि निर्धारण हुने

१३ असार, २०७९

मर्जर पछि बन्ने कम्पनीको नाम, अध्यक्ष र सिईओका बिषयमा आगामी दिनमा छलफल गर्ने सहमति भएको छ ।

सूर्या लाइफ  र ज्योति लाइफबीच मर्जर सम्झौता, कम्पनीको स्वाप रेसियो पछि निर्धारण हुने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। होटल यक एण्ड यतिमा दुई कम्पनीबीच मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मर्जर सम्बन्धी सम्झौता पत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट पनि अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गर्नुभएको छ ।

यी  दुबै कम्पनीको स्वाप रेसियो भने सम्पती र दायित्व मूल्यांकन (डिडिए) पछि तय गर्ने सहमति भएको छ । मर्जर पछि बन्ने कम्पनीको नाम, अध्यक्ष र सिईओका बिषयमा आगामी दिनमा छलफल गर्ने सहमति भएको छ । त्यस्तै मर्जर पछि कुनै पनि कम्पनीबाट कर्मचमरी कटौति समेत नगर्ने प्रारम्भिक सम्झौता भएको स्रोतले जनाएको छ ।

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ  र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । एक बराबर एकको अनुपातमा मर्जर भए मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६२ करोड रूपैयाँ पुग्नेछ ।