७ मंसिर, २०८१ शुक्रबार

11:04:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आदर्श लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् नतिजा

१३ असार, २०७९

१६ लाख ६६ हजार ५३३ जना आवेदकको हात खाली भएको छ।

आदर्श लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले  सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । आईपीओ बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडको कार्यालय, नक्साल, काठमाडौँमा सम्मपन्न भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्म १८ लाख ७ हजार १ सय २४ जना  लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ३२३. ४२ गुणा बढी हो । यो आईपीओमा १६ लाख ७२ हजार ७९४ आवेदकबाट परेको १ करोड ८४ लाख २ हजार ४६० कित्ता सदर भएको छ। १ हजार ८५८ आवेदकबाट परेको २२ हजार ४४० कित्ता बदर भएको छ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट भाग्य ६ हजार २६१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये २० कित्ताभन्दा बढी आवेदन दिने ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। भने १६ लाख ६६ हजार ५३३ जना आवेदकको हात खाली भएको छ।

आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल र धितोपत्र निष्कासनकर्ता आदर्श लघुवित्तको वेबसाइटका साथै सीडीएससीको https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।