२९ बैशाख, २०८१ शनिबार

10:03:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु इन्स्योरेन्सले मर्जरमा जान विशेष साधारण सभा बोलायो, बुक क्लोज कहिले ?

Nepal Business

१३ असार, २०७९

प्रभु इन्स्योरेन्सले मर्जरमा जान विशेष साधारण सभा बोलायो, बुक क्लोज कहिले ?

काठमाण्डौं । प्रभु इन्स्योरेन्स लिमिटेडले मर्जर प्रक्रियामा जाने संकेत गरेको छ । कम्पनीले मर्जर तथा प्राप्ती सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि असार २८ गते  विशेष साधारण सभा बोलाएको हो । 

कम्पनीको असार १२ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले मर्जर तथा प्राप्ती सम्बन्धी आवश्यक काम गर्न सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम सेयरधनीहरू मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

पछिल्लो समय बीमा कम्पनीहरू पूँजी बृद्धिकै लागि मर्जर तथा प्राप्ती प्रकृयामा जाने लहर चलिरहेको छ।