७ मंसिर, २०८१ शुक्रबार

10:46:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शेयरबजार : संघर्ष समितिसँग भएका सहमति कार्यन्वयन गर्न गठित समितिले काम थाल्यो

Nepal Business

१२ असार, २०७९

बैठकले भौतिक पुर्वाधार तयार पारेका तर अनुमतिको पर्खाइमा रहेका ब्रोकरका शाखा विस्तारमा अनुमति दिन सिफारिस गर्ने निर्णय पनि गरेका छ ।

शेयरबजार : संघर्ष समितिसँग भएका सहमति कार्यन्वयन गर्न गठित समितिले काम थाल्यो

काठमाडौँ,
नेपाल धितोपत्र बोर्डसँग पुँजीबजार सुधार संघर्ष समितिले गरेको १९ बुँदे सहमति कार्यान्वयन शुरु भएको छ ।

सहमति कार्यान्वयन गर्न गठित समितिको पहिलो बैठक बसेर आइतबार विभिन्न प्रक्रिय अघि बढाएको छ । 

सहमति कार्यान्वयन गर्न गठित समितिको पहिलो बैठक बसेर आइतबार विभिन्न प्रक्रिय अघि बढाएको छ । 

बैठकले पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आन्दोलन तथा अभियानमा खेलेको भुमिकाको उच्च मुल्याङ्कन गर्दै धन्यबाद दिएको छ । यस्तै उहाँको स्वास्थ्यलाभको कामना पनि गरिएको छ।

बैठकले भौतिक पुर्वाधार तयार पारेका तर अनुमतिको पर्खाइमा रहेका ब्रोकरका शाखा विस्तारमा अनुमति दिन सिफारिस गर्ने निर्णय पनि गरेका छ । 

यस्तै कारोबार ब्यबस्थापन प्रणाली टिएमएसमा रहेको एओन फिचरलाई खरिद तथा बिक्री दुबैतर्फ बाट हटाउने निर्णय पनि गरेको जनाइएको छ । 

आगामी हप्ता बस्ने अर्काे बैठक अघि भने अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग समन्वयात्मक छलफल गर्ने जनाइएको छ ।