७ मंसिर, २०८१ शुक्रबार

10:52:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एसवाई प्यानल नेपालले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक प्रभु क्यापिटल

Nepal Business

१२ असार, २०७९

कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

एसवाई प्यानल नेपालले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक प्रभु क्यापिटल

काठमाण्डौं । एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त नियुक्ति सम्बन्धी सम्झौता आइतबार सम्पन्न भएको हो । 

सम्झौतामा एसवाई प्यानल नेपाल लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध संचालक चिओ डोंगिल  तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गर्नु भएको छ । 

कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । 

२०७४ साल असार २० गते स्थापना भएको एसवाई प्यानल नेपाल लिमिटेड कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिन्ह प्राप्त एसवाइ कम्पनी लिमिटेड कोरियाको लगानी भएको कम्पनी हो । यसको प्रधान कार्यालय काठमाण्डौ तीनकुनेमा रहेको छ ।