२० बैशाख, २०८१ बिहिबार

09:41:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल आर्मीले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उपाधि उचाल्यो

Nepal Business

१२ असार, २०७९

नेपाल आर्मीले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उपाधि उचाल्यो

काठमाण्डौं । नेपाल आर्मी ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत र ५ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । 

नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपीएफ क्लब ९ स्वर्ण, ६ रजत ८ कांस्यसाथ दोश्रो भयो ।

तेश्रो स्थानको बाग्मती प्रदेशले ३ स्वर्ण, २ रजत र ६ कांस्य हात पा¥यो । ३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी २ स्वर्ण नेपाल प्रहरी क्लबले जित्यो।

प्रहरीले ३ रजत र ४ कांस्य पनि हासिल ग¥यो । सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे ।

प्रतियोगिताको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारु उत्कृष्ट खेलाडी घोषित हुनुभयो । शिवराजले ३ स्वर्ण र १ रजत जित्नुभयो । 

जयरानीले २ कीर्तिमानीसहित ४ स्वर्ण कब्जा  गर्नुभयो । जयरानीको नाममा थप १ रजत पनि रह्यो । जयरानीले १ सय र ४ सय मिटर हर्डल्समा कीर्तिमान रच्नुभएको थियो । 

प्रतियोगितामा कुल ३ राष्ट्रिय कीर्तिमान बने । थप १ कीर्तिमान आर्मीका जीवन थारुले १ सय १० मिटर हर्डल्समा बनाउनुभएको थियो ।  जीवनले १ कीर्तिमानीसहित २ स्वर्ण र उत्तिनै रजत हात पार्नुभयो । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार प्रदान गरियो  ।

विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा २ सय ४० खेलाडीको सहभागिता रहेको संघले जनाएको छ ।