१८ बैशाख, २०८१ मंगलबार

08:46:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्यार्थीले सफलता हासिल गर्न महत्वपूर्ण दक्षताहरूको पहिचान गर्नुपर्छः डा. सञ्जीव पी.साहनी

Nepal Business

१२ असार, २०७९

 विद्यार्थीले  सफलता हासिल गर्न महत्वपूर्ण दक्षताहरूको पहिचान गर्नुपर्छः डा. सञ्जीव पी.साहनी


काठमाण्डौँ । भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफएमिनेन्स डा.सञ्जीवपी.साहनीले विद्यार्थीहरू माझ व्यवहार जन्य दक्षता र कार्य सम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउनेमा जोड दिनुभएको छ ।

आइतबार काठमाण्डौंस्थित एक कार्यक्रममा उहाँले ‘कम्पिटेन्सी म्यापिङ’ प्रविधिमार्फत विद्यार्थीहरूबीच विभिन्न सामाजिक, भावनात्मक र संज्ञानात्मक क्षमताहरू अभिवृद्धि गर्ने बारे विस्तृतमा बताउनुभएको थियो ।

यस्तै विद्याार्थीहरुको शैक्षिक प्रदर्शन, भावनात्मक सन्तुष्टि र करियर सफलतालाई कसरी उनीहरूको व्यवहार सम्बन्धी प्रभाव पर्ने पनि उहाँले बताउनुभयो र 

‘विद्यार्थीहरूको सापेक्षिक सबल पक्ष र कमजोरीहरू बुझ्नु र तिनकै आधारमा उनीहरुले विकास गर्नुपर्ने मुख्य दक्षताहरू पहिचान गर्नु अत्यन्त आवश्यक हुन्छ । यो सबै विद्याार्थीहरुको टिमवर्क, नेतृत्व क्षमता र निर्णय लिने क्षमता जस्ता क्षेत्रहरूमा उनीहरुको कौशलता पहिचान गर्ने र तिनकै आधारमा सुधारात्मक संयन्त्र निर्माण गर्ने कुरासँग सम्बन्धित छ’, डा. साहनीले भन्नुभयो । उहाँ हालै वलर््ड सोसाइटी अफ भिक्टिमोलजी (डब्लुएसभी)को उपाध्यक्षमा पनि चुनिनु भएको छ। 

पछिल्ला वर्षहरूमा डा.साहनी जस्ता अन्वेषक र व्यवहार वैज्ञानिकहरूले विद्यार्थीहरूको कार्य सम्पादनमापनका लागि एक मुख्य तत्वको रूपमा दक्षताहरू पहिचान गर्नुपर्नेमा विशेष ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । 

उहाँले विद्यार्थीको शैक्षिक तथा सामाजिक कार्य सम्पादनमा सुधार गर्न श्रव्य दृश्य इन्फोटेनमेन्ट, सबलिमिनल ट्रेनिङ, ध्यान, स्पिड रिडिङ र मेमोरी गेम जस्ता उपायहरू प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। 

‘विद्यार्थी समुदायमा विद्यमान शिथिलताहरूको परीक्षण, मूल्याङ्कन र  तिनका समाधानहरू खोज्नका लागि सामाजिक–संज्ञानात्मक मनोविज्ञान अध्ययनहरूमा ट्रान्स डिसिप्लिनरी (अन्तरविषयगत) पद्धतिलाई फराकिलो पार्नु आवश्यक छ’, डा. साहनीले भन्नुभयो । 

उहाँ भारतको एक प्रमुख भ्यालु बेस्ड संस्था नजिन्दल इन्स्टिच्युट अफ बिहेभियरल साइन्सेजका प्रमुख पनि हुनुहुन्छ । 

साहनीले ५० भन्दा बढी देशका २ लाखभन्दा बढी विद्यार्थी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, उच्च सरकारी अधिकारी, उद्योग व्यवसायीलाई योग्यता नक्सा, व्यावसायिक सञ्चार, निर्णय लिने क्षामाता, तनाव व्यवस्थापन, कार्य सम्पादन अभिवृद्धि, भावनात्मक बुद्धिमत्ता र शिक्षण अभ्यासहरू सम्बंध तालिम दिनुभएको छ । 

उहाँले अन्तर्राष्ट्रिय र राष्ट्रिय जर्नलहरूमा ४० भन्दा बढी अनुसन्धानमूलक लेखहरू प्रकाशित गरेका गर्नुभएको छ  भने १९ पुस्तकहरू पनि लेखिसक्नुभएको छ ।