१७ बैशाख, २०८१ सोमबार

04:23:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गहुँ निर्यातमा भारतको प्रतिबन्ध, पीठोको मूल्य १३ प्रतिशतले महँगियो

Nepal Business

३१ बैशाख, २०७९

खुद्रा बजारमा पिठोको औसत मूल्य प्रतिकिलो ३३.१४ भारु पुगेको छ । पछिल्लो एक वर्षमा पिठो १३ प्रतिशतले महँगो भएको छ ।

गहुँ निर्यातमा भारतको प्रतिबन्ध, पीठोको मूल्य १३ प्रतिशतले महँगियो

एजेन्सी । गहुँको मूल्यमा वृद्धि हुदैगएपछि भारतले तत्काल लागू हुने गरी गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ । सरकारी सूचनाअनुसार बढ्दो आन्तरिक मूल्यलाई नियन्त्रण गर्न भारतले तत्काल प्रभावबाट गहुँको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

गहुँको भाउ बढेसँगै खुद्रा बजारमा पीठो महँगो भएको छ । खुद्रा बजारमा पिठोको औसत मूल्य प्रतिकिलो  ३३.१४ भारु पुगेको छ । पछिल्लो एक वर्षमा पिठो १३ प्रतिशतले महँगो भएको छ । गत वर्ष वैशाख २९ गते प्रतिकिलो २९ रुपैयाँ ४० रुपैयाँ भारुमा पीठो उपलब्ध थियो ।

आगामी दिनमा गहुँको भाउ अझै बढ्ने अनुमान गरिएको छ । २०२१/२२ को  सिजनमा गहुँको उत्पादन घट्ने अनुमान छ । सरकारले नै उत्पादन अनुमान घटाएको छ । यस वर्ष गर्मी मौसम शुरु भएसँगै सरकारले ११ करोड ३२ लाख टनबाट उत्पादन हुने अनुमानलाई घटाएर १० करोड ५० लाख टन पुर्‍याएको छ ।

यो प्रतिबन्ध अघि वाणिज्य मन्त्री पियुष गोयलले चालु आर्थिक वर्षमा १०० देखि १२५ लाख टन गहुँ निर्यात हुने बताउनु भएको थियो। यस पटक गहुँ खरिद गर्ने देशहरूमा इजिप्टको नयाँ नाम छ। 

भारतले हाल ६९ देशमा गहुँ निर्यात गरिरहेको छ । आर्थिक वर्ष २०२१/२२ मा भारतले ६९ देशमा ७८/५ लाख टन गहुँ निर्यात गरेको थियो।