७ मंसिर, २०८१ शुक्रबार

11:11:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा हरियाली, ९४.९२ अंकले बढ्यो

Nepal Business

१२ असार, २०७९

सेयर बजार बढ्दा २ अर्ब १९ करोड ६१ लख ४१ हजार ८४९ रुपैयाँको कारोबार

सेयर बजारमा हरियाली, ९४.९२ अंकले बढ्यो

काठमाण्डौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार ९४.९२ अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ९४.९२ अंकले बढ्दा नेप्से परिसूचक १ हजार ९ सय ५६.९२ विन्दुमा पुगेर बन्द भएको छ । 

सेयर बजार बढ्दा २ अर्ब १९ करोड ६१ लख ४१ हजार ८४९ रुपैयाँको कारोबार भएको छ भने ६३ लाख ६३ हजार ५९० कित्ता सेयर किनबेच भएको छन् । 

यस्तै आज सबै उपसमुहहरु बढेका छन् भने २१ वटा कम्पनीमा सर्किट ब्रेक लागेको छ । 

सर्किट ब्रेक लाग्नेमा नेशनल हाइड्रोकम्पनी, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट, गुहेश्वरी मर्चेट बैंक एण्ड फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, कर्पोरेट विकास बैंक, रिलाइन्स फाइनान्स, हाइड्रोइलोक्ट्रोनिक इन्भेष्टमेन्ट एण्ड विकास कम्पनी, साइजेरी पावर विकास, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, स्वभिमान लघुवित्त वित्तीय स.स्था, युनियन हाइड्रोपावर, सप्तकोशि विकास बैंक, सबैको लघुवित्त वित्तीय संस्था, नेपाल रि–इन्स्योरेन्स कम्पनी, एनआरएन इन्फास्ट्रक्चर एण्ड विकास बैंक, जनरल इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र सिवाईसी रहेका छन् ।