८ मंसिर, २०८१ शनिबार

04:34:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयरबजारमा उछाल आउँदा आइतबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

१२ असार, २०७९

सेयरबजारमा उछाल आउँदा आइतबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयरबजारमा उछाल आएको छ । आइतबार नेप्से परिसूचक  ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । यसदिन २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर किनबेच हुँदा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको छ ।

आइतबार कुमारी बैंकको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । बैंकको यसदिन ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो । त्यस्तै, आइतबार हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख, ङादी ग्रुप पावरको ८ करोड ३३ लाख, नबिल बैंकको ६ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको ५ करोड ४१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।