८ मंसिर, २०८१ शनिबार
03:46:39 AM
१२ असार, २०७९
२०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट १.५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुनेछ ।
काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिव २ लाख ९८ हजार सहभागीहरुलाई थप प्रतिफल दिने निर्णय गरेको छ । कोष सञ्चालक समितिको असार ११ गते बसेको बैठकले आर्थिक बर्ष २०७७।७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको हो ।
२०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट १.५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुनेछ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ ।