८ मंसिर, २०८१ शनिबार

04:16:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आदर्श लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, १८ लाख ८ सय ६२ जनाको हात खाली

१२ असार, २०७९

गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ६ हजार २ सय ६१ जना लगानीकर्ताले मात्रै सेयर हात पार्नेछन् ।

आदर्श लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, १८ लाख ८ सय ६२ जनाको हात खाली

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ भोलि (असार १३ गते सोमबार) बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर आईपीओ भोलि बिहान ९ बजे क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा बाँडफाँड हुने बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १८ लाख ७ हजार १ सय २४ जना  लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका थिए। यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ३२३.४२ गुणा बढी हो ।  

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुने छ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ६ हजार २ सय ६१ जना लगानीकर्ताले मात्रै सेयर हात पार्नेछन् । बाँकी १८ लाख ८ सय ६२ जना लगानीकर्ताको भने हात खाली हुनेछ ।