८ मंसिर, २०८१ शनिबार
03:58:47 AM
१२ असार, २०७९
नेपाल पुनर्बीमा कम्पनी र एनएलजी इन्स्योरेन्सले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस सेयर आफ्ना सेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।
काठमाडौं । दुई कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । नेपाल पुनर्बीमा कम्पनी र एनएलजी इन्स्योरेन्सले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस सेयर आफ्ना सेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।
नेपाल पुनर्बीमा कम्पनीले १६.५ प्रतिशत बोनस सेयर गत पुष १३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । सो मितिपश्चात सेयर अभौतिकीककरण गराएका सेयरधनीहरुको हकमा उक्त बोनस सेयर क्रमश डिम्याट खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, एनएनली इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर गत चैत ५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको हो । सो मितिपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिने कम्पनीले जनाएको छ ।