८ मंसिर, २०८१ शनिबार

03:59:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरमा जान बीमा समितिको अन्तिम स्वीकृति प्रदान

१२ असार, २०७९

यी २ कम्पनीको एकिकृत कारोबार 'हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड' को नाममा साउन १ गतेबाट सुरू हुने भएको छ ।

हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरमा जान बीमा समितिको अन्तिम स्वीकृति प्रदान

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जरलाई बीमा समितिले अन्तिम स्वीकृति प्रदान गरेको छ । दुबै कम्पनीलाई बीमा समितिले गत बिहीबार (असार ९ गते) मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यी २ कम्पनीको एकिकृत कारोबार 'हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड' को नाममा साउन १ गतेबाट सुरू हुने भएको छ । दुवै कम्पनीको असार २ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् ।
 
सभाले एभरेष्टको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ किता अर्थात १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको छ । मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।