८ मंसिर, २०८१ शनिबार

04:05:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश वितरण गर्ने निर्णय गरेसँगै नागरिक लगानी कोषको सेयर मूल्यमा सकारात्मक सर्किट

१२ असार, २०७९

आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२५१.१० बाट सुरु भएको सेयर कारोबार करिब आधा घण्टामा १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ४२७.७० पुगेको छ।

लाभांश वितरण गर्ने निर्णय गरेसँगै नागरिक लगानी कोषको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं। साताको पहिलो कारोबारी दिन आइतबार नेपाल स्टक एक्सचेञ्जमा नागरिक लगानी कोषको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको एक घण्टा नपुग्दै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

कोषले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको छ ।  सोहीको प्रभाव आज (आइतबार) सेयर बजारमा परेको हो । कोषले सेयरधनीहरुलाई लाभांश घोषणा गरेसँगै उक्त कम्पनीको सेयरप्रति लगानीकर्ताको आकर्षण बढेको हो ।

आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२५१.१० बाट सुरु भएको सेयर कारोबार करिब आधा घण्टामा १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ४२७.७० पुगेको छ।