२१ बैशाख, २०८१ शुक्रबार

01:27:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल र क्यानडाबीच हुने खेलको तालिका परिवर्तन

१२ असार, २०७९

नेपाल र क्यानडाबीच हुने खेलको तालिका परिवर्तन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडासँग खेल्ने तय भएको अभ्यास खेलको तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ भने एक वार्मअप खेल खेल्नेछ । भिसा प्रक्रियाको कारण खेल निर्धारित समयमा नहुने पक्का भएको हो ।

नेपाली टिम हालै अमेरिकाबाट एक दिवसीय श्रृंखला खेलेपछि स्कटल्याण्ड र नामेवियासँगको त्रिकोणात्मक श्रृंखला खेल्ने तयारीमा छ । जहाँ नेपालले क्यानडामा दुई एकदिवसीय र दुई टी २० खेल्ने तय भएको थियो ।

नेपाली टिम १ जुलाईमा वान्टारियो क्रिकेट एकेडेमीसँग वार्मअप म्याच खेल्नेछ । त्यसपछि ४ र ५ जुलाईमा नेपालले क्यानडासँग दुई एकदिवसीय क्रिकेट खेल्नेछ । यसपछि नेपालले स्कटल्याण्ड र नामेवियासँग त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखला खेल्नेछ।