२० बैशाख, २०८१ बिहिबार

01:01:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथी आज छलफल हुँदै

Nepal Business

१२ असार, २०७९

बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथी आज छलफल हुँदै

काठमाण्डौं । बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेटमाथि आइतबार आजबाट छलफल गर्ने भएको छ । प्रदेशले प्रदेश संसदमा पेश भएको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट छलफल गर्ने भएको हो ।

प्रदेशसभा बैठक आइतवार दिउँसो २ बजेका लागि तोकिएको छ । बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को लागि ल्याएको बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको छ ।

बागमतीमा नेपाली काग्रेस, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीको संयुक्त सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बजेट संसदमा पेस गरेका थिए।

बागमती प्रदेशले आर्थिक वर्ष २०७९÷८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ ।