८ मंसिर, २०८१ शनिबार

04:33:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद ?

१२ असार, २०७९

कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद ?

काठमाडौं ।  ङादी ग्रुप पावर लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ङादी ग्रुप पावरलाई असार ९ गते १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको थियो ।

बोर्डले अनुमति दिएसँगै ङादी ग्रुप पावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ ।

जसका लागी कम्पनीले असार २० गते १ दिनका लागी बुकक्लोज गर्ने निर्णय गरेको त्यसैले असार १९ गतेसम्म कायम सेयरधनीहरुले मात्र १५० प्रतिशत हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।