८ मंसिर, २०८१ शनिबार

04:27:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

१२ असार, २०७९

नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साता विभिन्न ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा गत साता प्रोगेसिभ फाइनान्स, नेपाल पुनर्बीमा, नेशनल हाइड्रो पावर, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र जानकी फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

१. प्रोगेसिभ फाइनान्स लिमिटेड


नेप्सेमा प्रोगेसिभ फाइनान्स लिमिटेडको ६ प्रतिशत बोनस सेयर बापतको ४ लाख ८० हजार ६० कित्ता सेयर सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थका लागि ०.३१५७ प्रतिशत नगद गरी कूल ६.३१५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. नेपाल पुनर्बीमा कम्पनी लिमिटेड

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १६.५० प्रतिशत बोनस सेयर बापतको १ करोड ६५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेपाल रिइन्स्योरेन्सले गत आर्थिक बर्ष २०७६।७७ को नाफाबाट कायम चुक्ता पूजीको १६.५० प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद गरी कूल १९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड

नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको १८.५२५ प्रतिशत बोनस सेयर बापतको २५ लाख ६६ हजार ५७.४३५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७।०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. प्रभु इन्स्योरेन्स लिमिटेड

नेप्सेमा प्रभु इन्स्योरेन्स लिमिटेडको ११ प्रतिशत बोनस सेयर बापतको १२ लाख ७८ हजार ९२.५६ कित्ता सेयर सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. एनएलजी इन्स्योरेन्स कम्पनी

एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर बापतको १२ लाख ६ हजार १३.०५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७।७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. जानकी फाइनान्स कम्पनी लिमिटेड

जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयर बापतको ९ लाख ६१७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको २०७७।०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।