१३ बैशाख, २०८१ बिहिबार

10:23:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘मोबाइल–टिभी धेरै हेर्दा बालबालिकाको विकासमा बाधा पुग्छ’

Nepal Business

११ असार, २०७९

क्लबले रुपन्देहीका विभिन्न नगरपालिकासँगको सहकार्यमा सचेतनामूलक अभियानसमेत चलाउने क्लबका अध्यक्ष डा सन्तोष पोखरेलले बताउनुभयो ।

‘मोबाइल–टिभी धेरै हेर्दा बालबालिकाको विकासमा बाधा पुग्छ’

रुपन्देही,
बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल–टिभी नदेखाउन चिकित्सकहरूले आग्रह गरेका छन् । 

मोबाइल–टिभी धेरै समय हेर्दा बालबालिकामा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरूले यस्तो नगर्न आग्रह गरेका हुन् ।

मोबाइल–टिभी धेरै समय हेर्दा बालबालिकामा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरूले यस्तो नगर्न आग्रह गरेका हुन् ।

चिकित्सकहरू आवद्ध रहेको रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले शनिबार बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल–टिभी नदेखाउँ’ अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावका बारेमा जानकारी गराएको हो । 
क्लबले रुपन्देहीका विभिन्न नगरपालिकासँगको सहकार्यमा सचेतनामूलक अभियानसमेत चलाउने क्लबका अध्यक्ष डा सन्तोष पोखरेलले बताउनुभयो । 

डा पोखरेलका अनुसार बालबालिकाले धेरै समय मोबाइल हेर्दा निद्रामा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुनेजस्ता समस्या देखिने गरेका छन् ।