१३ बैशाख, २०८१ बिहिबार

03:03:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धुलिखेल अस्पतालको सञ्चालनमा ल्यायो मोबाइल एप

Nepal Business

७ चैत, २०७९

यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने विश्वास गरिएको छ ।

धुलिखेल अस्पतालको सञ्चालनमा ल्यायो मोबाइल एप

आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा  धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सन्चालनमा ल्याएको छ । 

यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिंग गर्न र  त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् । 

यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिंग गर्न र  त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् । 

यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै  धेरै समय बचत गराउने विश्वास गरिएको छ । 

संगसंगै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड द्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र  आफ्नो बीमा जानकारी  प्राप्त गर्न समेत सकिने छ । 

मिडास टेक्नोलोजी द्वारा विकसित मोबाइल एप सन्चालनमा ल्याउदा सन् १९९६ देखि बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको धुलिखेल अस्पतालले बिरामीहरूलाई दिने सेवाहरूमा थप सुधार हुने छ ।