८ जेठ, २०८१ मंगलबार

01:38:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘लिभिङ टुगेदर’मा बस्दै आएका दुईको कसरी भयो मृत्यु

Nepal Business

२३ पुस, २०७८

‘लिभिङ टुगेदर’मा बस्दै आएका दुईको कसरी भयो मृत्यु

२३ पुस । काठमाडौँ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुई जनाको रहस्यमय रुपमा मृत्यु भएको छ । 

खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई गएराति कोठामा मृत अवस्थामा फेला परेका र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृत्यु भएको छ । उनीहरु पब्जी खेलबाट चिनाजान भएको हुँदा झण्डै एक महिनादेखि सँगै बस्दै आएका थिए । 

आफन्तको घरमा बसेका उनीहरु चिच्याएको आवाज सुनिएपछि राति कोठामा हेर्दा गम्भिर अवस्थामा फेला परेको परिवारले जनाएको छ । प्रहरीकोमा राति १२ः४५ बजे घटनाबारे जानकारी आएको र तत्कालै प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । 

प्रहरीले पब्जी खेलकै कारण घटना घटेको आशङ्का गरेको छ । घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । शरिरमा रगत लतपतिएको र चक्कुले हानेको घाउ छ । 

यसैगरी काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने मोरङका २५ वर्षीय दिपक रिसिदेव थानकोट–चितलाङको भीरमा मृत भेटिएका छन् । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट पुस १६ मा वेपत्ता भएका उनको महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले शव फेला पारेको हो ।