८ मंसिर, २०८१ शनिबार

03:56:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीमा समितिले दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति

Nepal Business

१० असार, २०७९

गत वैशाख २३ गते दुइ कम्पनीबीच मर्जर सम्झौता भएको थियो ।

बीमा समितिले दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति

काठमाण्डौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले अन्तिम मर्जर स्वीकृति पाएका छन् ।

शुक्रबार बीमा समितिले यी दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले बताउनुभयो । 

शुक्रबार दुई कम्पनीलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएका छौं, अब कम्पनीले एक महिना भित्रै सबै प्रक्रिया पुरा गर्नुपर्ने  पौडेलले बताउनुभयो । 

गत वैशाख २३ गते दुइ कम्पनीबीच मर्जर सम्झौता भएको थियो । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने सम्झौता कम्पनीले गरेका थिए ।