९ मंसिर, २०८१ आइतबार
01:59:28 AM
१० असार, २०७९
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई वितरण गरेको ११ प्रतिशत बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरेको हो ।
कम्पनीले २०७८ चैत्र १६ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयधनीको खातामा सेयर पठाईएको र सो मिति भन्दा पछि सेयर अभौतिकिकरण गराएकालाई सेयधनीहरुको खातामा क्रमश सेयर पठाईने कम्पनीले जनाएको छ ।
सेयर अभौतिकिकरण नगराएकाहरु लगानीकर्ताहरुलाई सेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ । सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा गई सेयर अभौतिकिकरण गराउन कम्पनीले आग्रह गरेको छ ।
सेयर धितो राखी कर्जा लिएको भए सेयर रोक्का नै हुने गरि बोनस सेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ ।