८ मंसिर, २०८१ शनिबार
03:45:24 AM
१० असार, २०७९
सेयर बजार बढ्दा १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रुपैयाँको कारोबार
काठमाण्डौं । कारोबारको अन्तिम दिन सेयर बजार बढेर बन्द भएको छ । शुक्रबार सेयर बजार १३.७८ अंकले बढेर बन्द भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १३.७८ अंकले बढ्दा नेप्से परिसूचक १ हजार ८ सय ६२.०६ विन्दुमा बन्द भएको छ ।
आज सेयर बजार बढ्दा १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रुपैयाँको कारोबार भएको छ भने ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै उपसमुहहरुमा म्युचल फण्ड बाहेक सबै बढेका छन् । कम्पनीतर्फ न्यादी हाइड्रोपावरमा सर्किट ब्रेक लागेको छ भने सिवाईसी ८.२१ प्रतिशत र लाइफ इन्स्योरेन्स ७.८९ प्रतिशतले बढेका छन् ।