२० बैशाख, २०८१ बिहिबार

09:27:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘ए’ डिजिभन लिग :एपिएफ र जाउखेलको बराबरी

२३ पुस, २०७८

‘ए’ डिजिभन लिग :एपिएफ र जाउखेलको बराबरी

२३ पुस । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा विभागीय टोली एपिएफ क्लब र जावलाखेल युथ क्लवबीचको खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको आठौँ चरणको दोस्रो खेलमा एपिएफ र जावलाखेलबीचको खेल गोलरहित बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले एक एक अङ्क बाडेका छन् ।

खेलको निर्धारित समयसम्म दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि खेल गोलरहित बारबरीमा सकिएको हो । यस बराबरी खेलसँगै एपिएफले आठ खेलमा सात अङ्क जोडेको छ । एपिएफ अङ्क तालिकाको १०औँ स्थानमा रहेको छ । यता समान आठ खेल नै खेलेको जावलाखेलको आठ अङ्क भएको छ । जावलाखेल भने अङ्क तालिकाको नवौँ स्थानमा रहेको छ ।