८ मंसिर, २०८१ शनिबार

04:37:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयरबजारमा हरियाली छाउदा शुक्रबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१० असार, २०७९

सेयरबजारमा हरियाली छाउदा शुक्रबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयरबजारमा हरियाली छाएको छ । शुक्रबार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ विन्दुमा पुगेकाे छ ।यसदिन २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४ हजार ७५ रुपैयाँको कारोबार भएको छ ।

शुक्रबार कुमारी बैंकको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । यसदिन बैंकको ८ करोड ६३ लाख १२ हजार रुपैयाँबढीको कारोबार भएको छ । त्यस्तै, शुक्रबार ङादी ग्रुप पावरको ६ करोड ३१ लाख, लक्ष्मी बैंकको ४ करोड ७६ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ४८ लाख र सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ३ करोड ७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।