८ मंसिर, २०८१ शनिबार

04:10:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लगानीकर्ताहरूको १९ बुँदे माग कार्यान्वयन गर्न ५ सदस्यीय समिति गठन

१० असार, २०७९

लगानीकर्ताहरूको १९ बुँदे माग कार्यान्वयन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं । पूँजी बजार विकास विस्तारका लागि लगानीकर्ताहरुले उठाएका विभिन्न १९ बुँदे मागहरू कार्यान्वयन गर्न ५ सदस्यीय समिति गठन भएको छ । उक्त समितिमा लगानीकर्ताहरूको तर्फबाट पूँजी बजार सुधार संघर्ष समितीका संयोजक  तिलक कोइराला, समितिका अध्यक्ष रोहन कार्की र लगानीकर्ता एसपी चौलागाँई रहनुभएको छ ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यवाहक कार्यकारी निर्देशक मुक्ति नाथ श्रेष्ठ र विनय देव आचार्य रहनुभएको छ ।आज (शुक्रबार) आमरण अनसन सुरू गर्नुभएको १० औँ दिनमा  तिलक कोइरालाले अनसन तोड्नुभएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर कोइरालाले अनशन तोड्नुभएको छ ।

कोइरालाले अनसन अनसन तोडेसँगै १९ बुँदे मागहरू कार्यान्वयन गर्न ५ सदस्यीय समिति गठन गरीएको हो ।