८ मंसिर, २०८१ शनिबार
04:21:05 AM
१० असार, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) नेपाल राष्ट्र बैंकको तीन विकास ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा राष्ट्र बैंकको ‘२०८१ ङ’, ‘२०८१ च’ र ‘२०८३ छ’ विकास ऋणपत्र सूचीकृत गराएको हो ।
नेप्सेमा राष्ट्र बैंकले २ वर्षे अवधि तथा ९.१४ प्रतिशत ब्याजदर रहेको १० अर्ब रुपैयाँकोे ‘२०८१ ङ’ नामक विकास ऋणपत्र, २ वर्षे अवधि रहेको ९.१३ प्रतिशत ब्याजदर रहेको १० अर्ब रुपैयाँकै ‘२०८१ च’ नामक विकास ऋणपत्र र ४ वर्षे अवधि रहेको ९.२० प्रतिशत ब्याजदर रहेको १५ अर्ब रुपैयाँको ‘२०८३ छ’ नामक ऋणपत्र सूचीकृत हो ।