८ मंसिर, २०८१ शनिबार
04:20:23 AM
१० असार, २०७९
काठमाडौं । पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोड्नुभएको छ । आमरण अनसन सुरू गर्नुभएको १० औँ दिनमा उहाँले अनसन तोड्नुभएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर कोइरालाले अनशन तोड्नुभएको छ ।
कोइरालाले असार १ गतेदेखि धितोपत्र बोर्डको कार्यालयबाहिर अनशन बस्नुभएको थियो । लगानीकर्ताहरूको मागहरू बोर्डले सम्बोधन गर्ने भएसँगै उहाँले अनसन तोड्नुभएको हो ।