८ मंसिर, २०८१ शनिबार
04:16:40 AM
१० असार, २०७९
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।
कम्पनीले कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १ः१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशनको लागि बोर्डबाट अनुमति पाएको हो । धितोपत्र बोर्डले स्वीकृति दिएसँगै कम्पनीलाई हकप्रद निष्काशनको लागि बाटो खुलेको छ।