८ मंसिर, २०८१ शनिबार
04:14:10 AM
१० असार, २०७९
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गरेको हो।
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार १० गते) अन्तिम दिन रहेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गरेको हो। उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओमा ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।