८ मंसिर, २०८१ शनिबार

04:09:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारण सभा, सेयरधनीहरूको हात खाली

१० असार, २०७९

सभाले अन्य इजाजतपत्रप्राप्त लघुवित्त संस्थासँग एकआपसमा गाभ्ने।गाभिने वा प्राप्ति गर्ने सम्बन्धित सम्पूर्ण आवश्यक कार्यहरु गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारण सभा, सेयरधनीहरूको हात खाली

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको असार ९ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको तेस्रो वार्षिक साधारण सभा असार ३१ गते, शुक्रबार संस्थाको केन्द्रिय कार्यलय कुश्मा पर्वतमा हुनेछ । कम्पनीले आर्थिक वर्षको २०७७।७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । यसैले सेयरधनीहरूको हात खाली हुनेछ ।

सभाले अन्य इजाजतपत्रप्राप्त लघुवित्त संस्थासँग एकआपसमा गाभ्ने।गाभिने वा प्राप्ति गर्ने सम्बन्धित सम्पूर्ण आवश्यक कार्यहरु गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । साथै नेपाल राष्ट्र बैंकको स्वीकृति लिई डिजिटल बैकिङ्ग सम्बन्धि कार्यहरु गर्ने प्रबन्धपत्रको दफा ५ ९त० थप गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७४/७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद संख्या २ को निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि असार २३ गतेदेखि असार ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन सक्नेछन् ।