१७ बैशाख, २०८१ सोमबार

05:02:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रदेश १ मा कृषि बालीले ढाकेको क्षेत्रमा कमी आयो

Nepal Business

९ असार, २०७९

विसं २०७८ पुस मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ९.६ प्रतिशत रहेको छ । उद्योगको औसत क्षमता उपयोग ४८.९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उक्त उद्योगको औसत क्षमता उपयोग ५३.५ प्रतिशत थियो ।

प्रदेश १ मा कृषि बालीले ढाकेको क्षेत्रमा कमी आयो

काठमाडौँ,

नेपाल राष्ट्र बैंकको अध्ययनले प्रदेश नं १ मा कृषि क्षेत्र क्रमशः कमी आएको तथ्य पेश गरेको छ । 

आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनाको तुलनामा चालु आवको छ महिनामा त्यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.२ प्रतिशतले घटेको जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनाको तुलनामा चालु आवको छ महिनामा त्यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.२ प्रतिशतले घटेको जनाएको छ ।

समीक्षा अवधिमा धान बालीले ढाकेको क्षेत्रफल २.९ प्रतिशतले घटेको छ । “धान, मकै र आलु बालीले ढाकेको क्षेत्रफलमा कमी आएकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ”, अध्ययनमा भनिएको छ ।

समीक्षा अवधिमा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन ४.१ प्रतिशतले वृद्धि भएको छ । मकै, दलहन र तरकारी बालीको उत्पादन बढेकाले समग्र बालीको उत्पादन वृद्धि भएको पाइएको छ ।

समीक्षा अवधिमा धान उत्पादन दुई प्रतिशतले घटेको छ भने मकै उत्पादन २३.८ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा धान उत्पादन १०.५ प्रतिशत र मकै उत्पादन ११.९ प्रतिशतले बढेको थियो ।

 अधिक मकै उत्पादन हुने क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जोन तथा ब्लक थप भएकाले उत्पादन वृद्धि भएको अध्ययनमा उल्लेख छ ।

गत वर्षको पहिलो छ महिनाको तुलनामा समीक्षा अवधिमा तरकारीे बाली उत्पादन ५.९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो उत्पादन ४.० प्रतिशत बढेको थियो । 

समीक्षा अवधिमा यस प्रदेशको कूल खेतीयोग्य क्षेत्रफलको ३७.१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६.५ प्रतिशते थियो । गत वर्षको पहिलो छ महिनाको तुलनामा समीक्षा अवधिमा दूध उत्पादन १.९ प्रतिशत, अण्डा उत्पादन ३.५ प्रतिशत र माछा उत्पादन ७.४ प्रतिशतले बढेको छ ।

गत वर्षको पहिलो छ महिनाको तुलनामा समीक्षा अवधिमा काठ उत्पादन २७.२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा डिभिजन वन कार्यालयले निजी वनको काठ कटानका लागि स्वीकृति दिएको, ग्रामीण इलाकामा सडक सञ्जाल विस्तारका क्रममा सार्वजनिक वनको रुख कटान गरेकाले काठ उत्पादन बढेको छ । 

विसं २०७८ पुस मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ९.६ प्रतिशत रहेको छ । उद्योगको औसत क्षमता उपयोग ४८.९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उक्त उद्योगको औसत क्षमता उपयोग ५३.५ प्रतिशत थियो । 

विशेष गरी वनस्पति घिउ र तेल, तयारी कपडा, साबुन, जिआइ तार, चिनी, घरेलु धातुका सामानजस्ता वस्तु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले उद्योगको औसत क्षमता उपयोगमा केही कमी आएको छ ।