७ बैशाख, २०८१ शुक्रबार

04:25:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंका आर्थिक रुपमा टाट पल्टियो, नेपाललाई निम्तो

केशव आचार्य

९ असार, २०७९

आजैबाट श्रीलंकाले आफु आर्थिक रुपमा टाट पल्टिएको घोषणा गरेको छ । कोरोना महामारी शुरुभएसँगै विश्व पर्यटनमा आएको मन्दीबाट श्रीलंकाले आर्थिक संकट झेलिरहेको थियो । 
 
लामो समयदेखि आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाले आफैले आफुलाई टाट पल्टिएको घोषणा गरेको हो । राजश्वको सबैभन्दा ठूलो हिस्सा पर्यटन र भौतिक पूर्वाधारका लागि वैदेशिक ऋणबाट चलेको अर्थतन्त्र पर्यटन व्यवसाय खच्किनासाथ धरासाही बन्दै गयो । विदेशी मुद्राको सञ्चिती निख्रियो, वस्तु तथा सेवाको आयात ठप्प भयो ।
 
आजभोली सेयर बजारमा आएको गिरावट, व्याजदरमा भएको वृद्धि, उच्च मूल्यस्तर र तरलतामा आएको कमिका कारण मानिसको दैनिकी प्रभावित बन्दै गइरहेको छ ।
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्र टाट पल्टिएको बताउनु भएको हो । देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताउनुभएको छ ।
 
विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उहाँको भनाइ छ । श्रीलंकाका सामु इन्धन, ग्यास, विद्युत र खाद्यान्न अभावको समस्या मात्रै छैन भन्दै उहाँले अवस्था त्यो भन्दा निक्कै नै भयावह रहेको बताउनुभएको छ ।
 
पहिले पनि कागजको खरिद गर्न नसकेकोले स्कूल कलेजका विद्यार्थीहरुको परीक्षा स्थगित गर्नु परेको थियो । हाल श्रीलंका ऋण धरापमा फस्दै आर्थिक रुपमै टाट पल्टिन पुगेको छ । 
 
पछिल्ला दिनमा नेपालको आर्थिक स्थिति पनि भयावह बन्दै गइरहेको छ । दैनिक उपभोग्य वस्तुको समेत उत्पादन हुन सकेको छैन । सबै आयातमा निर्भर रहनु परेको छ । व्यापार घाटा चुलिएको छ । वैशाख मसान्तसम्मको आयात निर्यात हेर्दा कूल १७ खर्बको व्यापार हुँदा १५ खर्बको हाराहारीमा व्यापार घाटा छ । 
 
ईन्धनको बजारमूल्य आकाशिएको छ । यसले चौतर्फी प्रभाव पारेको छ । आम मानिसको उपभोगमा कटौती हुँदै गएको छ जसका कारण उत्पादन पनि खुम्चिरहेको छ । तरलता अभावकै कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह बन्द गरेका छन् । उत्पादन बढाउनका लागि कर्जा प्रवाह बढाउन जरुरी छ । 
 
ईन्धनको बजारमूल्य आकाशिएको छ । यसले चौतर्फी प्रभाव पारेको छ । आम मानिसको उपभोगमा कटौती हुँदै गएको छ जसका कारण उत्पादन पनि खुम्चिरहेको छ ।
लगानी कर्जा बढेसँगै उत्पादन र रोजगारी दुवै बढ्न पुग्छ । मानिसको आम्दानी सृजना हुनथाल्छ, आम्दानीसँगै माग बढेर उपभोगमा वृद्धि हुन्छ । यसले अर्थतन्त्रलाई चलायमान राख्दछ । 
 
आजभोली सेयर बजारमा आएको गिरावट, व्याजदरमा भएको वृद्धि, उच्च मूल्यस्तर र तरलतामा आएको कमिका कारण मानिसको दैनिकी प्रभावित बन्दै गइरहेको छ । मानिसहरु यस संकटबाट त्रसित बन्दै गइरहेका छन् ।
 
वित्तीय नीतिले यसलाई सकरात्मक बाटो तर्फ लैजान मद्धत गर्ला भन्ने दर्बिलो आधार पनिबन्न सकेन । राष्ट्र बैंकले अवलम्बन गर्ने मौद्रिक नीतिमा पनि खासै लचकदार पन आउन सक्ने देखिदैन । किनभने अर्थमन्त्री र गभर्नरबीच शीत युद्ध नै जस्तो चलिरहेको छ ।
 
गभर्नर व्याजदर घटाउने र ४÷१२ को हटाउने पक्षमा अलिकति पनि नरम हुनसकेका छैनन । 
 
आर्थिक क्षेत्रका यि दुवै निकायका प्रमुखहरु श्रीलंकाको उदाहरण दिइरहेका छन् । श्रीलंकाको नाम जपिरहेका छन । यसर्थ पनि नेपालको आर्थिक अवस्था श्रीलंकाकै गतिमा अगाडि बढ्ने त होइन, अवस्था पेचिलो बन्दै गइरहेको छ ।