१८ बैशाख, २०८१ मंगलबार

02:36:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेको सिइओ पदका लागि ५ जना छनोट

२३ पुस, २०७८

नेप्सेको सिइओ पदका लागि ५ जना छनोट

काठमाण्डौं

नेपाल स्टक एक्सचेञ्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि पाँच जना छनोट भएका छन् । सिइओ पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका हुन्।  स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको सूचना अनुसार प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित समितिले प्राप्त गरेका आवेदनहरुमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छनोट गरिएको हो ।

छनोट हुने आवेदकमा रिब्दीकोट–७, पाल्पाका कृष्णबहादुर कार्की, ललितपुर–२३, ललितपुरका डा.केशवप्रसाद श्रेष्ठ, शान्तिनगर झापाका प्रविन पन्दाक, सिवसताक्षी, झापाका रमेश घिमिरे र नवलपरासीका डा.रमेशकुमार भण्डारी छन् । उँहाहरुलाई आइतबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वाताका लागि अर्थमन्त्रालयमा बोलाइएको छ । 

सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्वसिइओ चन्द्रसिंह साउदले आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसपछि खाली रहेको पदमा नयाँ नियुक्त गर्न छनोट समिति बनाएर उम्मेदवारी माग गरिएको थियो । समितिले उल्लेखित उम्मेदवारबाट तीन जनाको नाम सिफारिस गर्नेछ र त्यसमध्ये मन्त्रिपरिषद्ले एक जनालाई चार वर्षका लागि नेप्सेको कार्यकारी अधिकृतमा छनोट गर्नेछ ।