८ मंसिर, २०८१ शनिबार
04:01:06 AM
९ असार, २०७९
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले स्थानियका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते बोर्डमा निवेदन दिएको थियो ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३० को उपदफा (१) बमोजिम आईपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । कम्पनीको सह निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।