८ मंसिर, २०८१ शनिबार
03:39:41 AM
९ असार, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ११ फाइनान्स कम्पनी बोनस सेयर सूचीकृत भएको छ । गत आर्थिक बर्ष २०७७/७८ मा ११ वटा फाइनान्स कम्पनीले मात्रै लाभांश वितरण गरेका थिए । जसमा ११ वटा फाइनान्स कम्पनीले नै बोनस सेयर वितरण गरेका थिए ।
नेप्सेमा सूचीकृत ११ फाइनान्स कम्पनीहरु निम्न छन्ः
१.प्रोगेसिभ फाइनान्स लिमिटेड
नेप्सेमा प्रोगेसिभ फाइनान्स लिमिटेडको ६ प्रतिशत बोनस सेयर बापतको ४ लाख ८० हजार ६० कित्ता सेयर सूचीकृत भएको हो । फाइनान्सको गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.३१५७ प्रतिशत नगद गरी कूल ६.३१५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२. सेन्ट्रल फाइनान्स लिमिटेड
सेन्ट्रल फाइनान्स लिमिटेडको ७.७० प्रतिशत बोनस सेयर बापतको ६ लाख ७८ हजार ३९७.४९५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।
३. जानकी फाइनान्स कम्पनी लिमिटेड
नेप्सेमा जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयर बापतको ९ लाख ६१७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक वर्षको २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
४. मल्टीपर्पस फाइनान्स लिमिटेड
नेप्सेमा मल्टीपर्पस फाइनान्स लिमिटेडको १३ प्रतिशत बोनस सेयर बापतको ५ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
५.रिलायन्स फाइनान्स लिमिटेड
नेप्सेमा रिलायन्स फाइनान्स लिमिटेडको १५ प्रतिशत बोनस सेयर बापतको १३ लाख ७३ हजार ४८६।५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
६. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ७.७० प्रतिशत बोनस सेयर बापतको ६ लाख ८५ हजार ४०१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजननका लागि ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।
७. मञ्जुश्री फाइनान्स लिमिटेड
मञ्जुश्री फाइनान्स लिमिटेडको ४० प्रतिशत बोनस सेयर बापतको ३८ लाख ६१ हजार ५७९.५६८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ६ प्रतिशत नगद गरी कूल ४६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
८. पोखरा फाइनान्स कम्पनी लिमिटेड
पोखरा फाइनान्स कम्पनी लिमिटेडको ८.०७५ प्रतिशत बोनस सेयर बापतको ७ लाख ७७ हजार ७४०।२३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजना लागि ०.४२५ प्रतिशत नगद गरी कूल ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
९.गुडविल फाइनान्स कम्पनी लिमिटेड
नेप्सेमा गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९.१ प्रतिशत बोनस सेयर बापतको ७ लाख ८९ हजार १५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७/७८ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरूलाई ९।१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३।९ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
१०. गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनीको १० प्रतिशत बोनस सेयर बापतको ८ लाख ६४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
११. आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड
आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर बापतको १० लाख २८ हजार ४९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।